वाम सरकार आउने बित्तिकै छिमेकी देशहरु आत्तिनु पर्दैन : प्रचण्ड

वाम सरकार आउने बित्तिकै छिमेकी देशहरु आत्तिनु पर्दैन : प्रचण्ड

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चितवन, मंसिर २८ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रददेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनबाट वाम गठबन्धनले बहुमत ल्याउदा मुलुकमा अधिनायकवाद आउछ भनेर गरिएको प्रचार गलत भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ चितवनले जिल्लाबाट निर्वा्चित जनप्रतिनिधिहरुका लागि आज आयोजना गरेको शुभकामना एवं बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।

वाम गठवन्धनको जितलाई विश्व समुदायले अति नै चासो र गहिरो ध्यानपूर्वक हेरेको भन्दै दाहालले वाम सरकार आउने वित्तिकै छिमेकी मुलुकहरु आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले संविधानको भावना र मर्मभन्दा बाहिर वामपन्थीहरुको सरकार नजाने प्रस्ट पार्नु भयो ।

कांग्रेससहितका केही शक्तिले वामपन्थीले जिते मुलुकमा अधिनायकवाद आउने र निकुंशता जन्मने बताइरहेको बेला दाहालले सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधान अनुसार नै नयाँ सरकार अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

अध्यक्ष दाहालले राजनीतिक स्थीरता, आर्थिक विकास र सम्वृद्धिको यात्रातिर देशअघि बढेकोले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । जनताको सुशासन, समृद्धि र विकासका प्रतिवद्धता एवं संकल्पहरु दृढतापूर्वक पूरा गर्ने दाहालले विश्वास दिलाउनु भाये ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ