पार्टी राष्ट्रिय हैसियतमा नजाने देखिए पछि बाबुराम पुस्तक पढ्न र परिवारसगँ घुम्न थाले

पार्टी राष्ट्रिय हैसियतमा नजाने देखिए पछि बाबुराम पुस्तक पढ्न र परिवारसगँ घुम्न थाले

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

नया शक्ति पार्टीका सयोजक डा बाबुराम भट्टराई आफूले काग्रेससगँको गठबन्धनबाट गोरखा २ मा चुनाव जीते पनि उनको दलको हैसियत राष्ट्रिय नहुने लगभग तय भएको छ । अतः सदनमा स्वतन्त्र सासद जस्तो प्रतिनिधित्व हुने करीब निश्चित देखिएको छ ।
८० लाख मत गनि सक्दा पनि बाबुरामको पार्टीले एक लाख कटाउन सकेको छैन । जब कि अहिलेको हिशाब अनुसार थ्रेस होल्ड कटाउन कम्तीमा तीन लाख ८ हजार जति मत ल्याउनु पर्ने हुन्छ ।
यो बिबेकशील साझा पार्टी र राप्रपा भन्दा पनि पछि परे पछि डा. भट्टराई चुनावी नतिजा तर्फ चासो नदिई अध्ययन र आफ्नै गोरखामा पारीवारीक घुमफिरमा रमाएका छन् ।
उनले सुन्दर वर पिपलको चौतारीमा बसेर स्टेफेन आर कोभेको पुस्तक Stephen R Covey को The 7 Habits of Highly Effective People ( 25th Anniversary Edition ) दोहोर्याएर अध्ययन गरीरहेको भनेर आज सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । हिजो मात्रै उनले श्रीमति हिसिला यमि, छोरी मानुसी सहित पारीवारीक सदस्यहरुसगँ शान्त क्षण भनेर पोष्ट गरेका थिए ।

नया शक्ति का एक नेता ले परिणाम पार्टी ले सोचे जस्तो नआएको स्वीकार गर्दै बाबुराम को घुमफिर चुनाबी परिणामले निरास भएर नभई व्यक्तिगत हिसाबले भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी