एकताबाट टाढिदै एमाले, प्रचण्डलाई पार्टी अध्यक्ष बनाएर एकता नहुने ?

एकताबाट टाढिदै एमाले, प्रचण्डलाई पार्टी अध्यक्ष बनाएर एकता नहुने ?

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ , २६ मंसिर ।
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएलगत्तै नेकपा एमाले माओवादी केन्द्रसँगको पार्टी एकताबाट टाढिने खतरा बढेको छ । निर्वाचन सकिए लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुई पार्टीबीच चुनावको मतपरिणाम आईनसक्दै एकता प्रकृयामा षड्यन्त्र सुरु भएको कार्यकर्ताहरुले आशंका गर्न थालेका छन् ।
यसैलाई बल पुर्याउने गरी एमालेका शिर्ष नेताहरुले नै सार्वजनिक रुपमा बिभिन्न अभिब्यक्ति दिन थालेका छन् । यसअघि निर्वाचन सकिएलगत्तै एमालेका अध्यक्ष केपि शर्मा ओली एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रचण्डलाई पार्टी अध्यक्ष नै चाहिने भए त उहाँ आफ्नै पार्टीको अध्यक्ष हुनुहुन्छ म आफ्नै पार्टीको , किन एकता गर्न पर्यो र ? भन्ने प्रश्न गरेका थिए ।
साथै पार्टी एकता सरकार गठन अघि नहुने ओलीले स्पष्ट पारेका थिए भने चितवनमा पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष प्रचण्डले सरकार गठन अघि नै पार्टी एकताको पहल गर्ने बताएका थिए ।
त्यसबाट केहि हच्किएका माओवादी कार्यकर्ताहरुमा आज (बुधवार) साझ कान्तिपुर देलिभिजनमा प्रसारित एक अन्तरवार्तामा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टी अध्यक्ष , संसदीय दलको नेता र प्रधानमन्त्री एकै ब्यात्ति मात्र हुने र त्यो ओली मात्रै भएको अभिब्यक्ति दिएपछि थप पार्टी एकता हुन्छ या हुन्न भन्ने तरंग सतह सम्म आईपुगेको छ ।
त्यसअघि जनयुद्ध सैद्धान्तिक एउटा सैद्धान्तिक भुल थियो , साम्यबाद कल्पना मात्रै, अब पार्टी मिलेर कम्युनिष्ट या वामपन्थी पार्टी नहुने जस्ता अभिव्यक्ति ओलीले दिए पछि त्यसको विरोध हुदै आएको छ ।

यी सबै अभिव्यक्ति बाट एमाले नेताहरु प्रचण्ड लाइ पार्टी अध्यछ दिन तयार देखिदैनन भने प्रचण्ड त्यो सहमति बिना एकतामा जाने सम्भावना कम  रहेको छ /

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी