काग्रेसलाइ सान्त्वना दिदैँ अाेलीले भने , प्रतिपक्षीप्रति म क्रुर हुदिन

काग्रेसलाइ सान्त्वना दिदैँ अाेलीले भने , प्रतिपक्षीप्रति म क्रुर हुदिन

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपुर, २७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताउनुभएको छ ।

आज बालकोटस्थित आप्mनै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाई दिन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, “नेपालमा आफ्ना हकअधिकारको खोजीका लागि जनताले कहिले सशस्त्र क्रान्ति त कहिले जनआन्दोलन गरे पनि यसपालिको निर्वाचनमा भने देशको समृद्धि र विकासका लागि जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेका छन् ।”

वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरे पनि विगतमा नेपाली काँग्रेसले गरे जस्तो प्रतिपक्षीप्रति आफू क्रुर नहुने भनाइ राख्दै उहाँले भन्नुभयो, “प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौँ ।”

चुनावका बेला प्रतिस्पर्धी भएकाले काँग्रेससँग केही घोचपेच गरिएको भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ थियो । अब देश निर्माणमा लाग्नुपर्ने भएकाले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । ओलीले भन्नुभयो, “कुस्ती खेल्न मैदान गएपछि एकआपसमा मुक्का हानाहान हुन्छ, तर खेल सकिएपछि बाटोमा हिँडेका बेला मुक्का हानिँदैन । त्यसैले अब एमाले अन्य पार्टीसँग सहकार्य गरेर अघि बढ्छ, किनभने अब पाँच वर्षका लागि चुनावी प्रतिस्पर्धा सकियो ।”

आगामी सरकार क्षमताहीन मानिस थोपर्ने ठाउँ नहुने बताउँदै अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतिका रुपमा आत्मसात गरी अघि बढ्न निजामती कर्मचारीलाई अध्यक्ष ओलीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन् । छिटो, छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभूति दिनुहोस् ।”

ढुक्क भएर लगानी गर्नुहोस् 

त्यसैगरी, बालकोटमा बधाई दिन आएको चेम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै निजी क्षेत्रको भूमिका त्यसैअनुसार हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उद्योगी व्यवसायीलाई ढुक्क भएर उद्योग कलकारखानामा लगानी गर्न ओलीले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अब हडताल र बन्दको युग सकियो । अब उत्पादन, विकास र समृद्धिको युग शुरु भइसक्यो । त्यसैले ढुक्क भएर लगानी गर्नुहोस् ।”

ओलीलाई बधाई दिन अनेरास्ववियूकी अध्यक्ष नवीना लामा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोली बालकोटस्थित उहाँको निवासमा पुगेको थियो । (तस्वीर उपलब्ध छ)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी