सुनसरीमा गच्छदारको दोस्रो ह्याट्रिक, विजयी भएपछि यसाे भने गच्छदारले

सुनसरीमा गच्छदारको दोस्रो ह्याट्रिक, विजयी भएपछि यसाे भने गच्छदारले

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सुनसरी , २६ मंसिर ।

सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता विजय गच्छदार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एमालेकी भगवती चौधरीलाई ३ सय २१ मतले पछि पार्दै गच्छदार यही क्षेत्रबाट छैटौं पटक निर्वाचित भएका हुन्।

मत गणनाको सुरुदेखि नै एमालेकी भगवती चौधरी भन्दा कम मत ल्याएर पछी परेका गच्छदारले बुधबार बिहानबाट मात्र अग्रता लिएका थिए। गच्छदार ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्वी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन्। गच्छदार २०४८, २०५१ र २०५६ सालको मध्यावधि निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट विजयी बनेका हुन्।

गच्छदार नेपालको राजनीतिमा सबै भन्दा शक्तिशाली थारु समुदायको नेताको रुपमा परिचित छन्। गच्छदारले २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरीलाई झिनो मत अन्तरले पराजित गरेका थिए। विजयी भएपछी गच्छदारले आफूले विगतदेखि नै सुनसरीको विकास निर्माणमा अतुलनीय योगदान गरेका कारण जनताले विजयी गराएको बताए। उनले मतदाताको मतको उच्च कदर गर्दै सुनसरीको विकासका लागि आफू सदैब लागिरहने प्रतिबद्धता समेत जनाएका छन्।

निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीले भने गच्छदारले राज्यको शक्ति दुरुपयोग गरी आफूलाई पराजित गरेको आरोप लगाएकी छिन्। उनले प्रहरी र क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभुषण घिमिरेले गच्छदारलाई जिताउन षड्यन्त्र गरेको आरोप लगाउँदै कानुनी उपचारका लागि अदालत जाने बताएकी छिन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ