समानुपातिक मत परिणाम: पछिल्लो अपडेट, कुन दलले कति मत पाए ? ( यस्तो छ पछिल्लो मतपरिणाम)

समानुपातिक मत परिणाम: पछिल्लो अपडेट, कुन दलले कति मत पाए ? ( यस्तो छ पछिल्लो मतपरिणाम)

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं मंसिर २७।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फको ५७ प्रतिशत मतगणना सकिएको छ । अहिलेसम्म सार्वजनिक गरिएको मतपरिणाम अनुसार नेकपा एमाले अगाडि देखिएको छ ।

समानुपातितर्फ नेकपा एमालेले २२ लाख २२ हजार ७८ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । भने २१ लाख १७ हजार ५मतसहित कांग्रेस दोस्रो स्थानमा छ ।

नेकपा माओवादी केन्द्र ८ लाख ६४ हजार ४८६ मतसहित तेस्रो स्थानमा रहेको छ । यस्तै संघीय समाजवादी फोरम नेपालले २ लाख ८२ हजार ४२० मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले २ लाख २५ हजार ६९१ मत पाएको छ ।

१ लाख ४१ हजार ५५४ मत राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा छ भने १ लाख ३६ हजार १५४ मत विवेकशील साझा पार्टीले पाएको छ ।

यस्तै नयाँ शक्ति पार्टी नोपालले ५८ हजार ८६९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४७ हजार ९२ मत प्राप्त गरेको छ । राष्ट्रिय जनमोर्चाले ३५ हजार ६४५ मत पाएको छ भने अन्यले ६ लाख ५६ हजर १२८ मत पाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी