रेशम चौधरीको प्रमाणपत्र सुरक्षित तर कसरी दिने भन्ने कानुन नै छैन : प्रमुख आयुक्त

रेशम चौधरीको प्रमाणपत्र सुरक्षित तर कसरी दिने भन्ने कानुन नै छैन : प्रमुख आयुक्त

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, मंसिर २७ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समानुपातिकमा बन्दसूचीका नामहरुलाई हेरफेर गर्न नपाइने बताउनुभएको छ ।

रिपोर्टर्स् क्लबले आज काठमाण्डौमा गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले यसअघि आयोगमा बुझाइएको बन्दसूचीअनुसार पहिलो, दोस्रो र तेस्रोमा रहेका नामहरुलाई प्राथामिकता दिनुपर्ने बताउनु भयो ।

पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत र दोस्रो चरणमा ६८ दशमलव २ प्रतिशत मत खसेको भन्दै उहाँले सबैभन्दा कम मनाङमा र बढी २ नम्बर प्रदेशको ‘दक्षिण बेल्ट’मा मत बदर भएको जानकारी दिनुभयो ।

अन्य स्थानको तुलनामा काठमाडौंमा कम नै मत बदर भएको यादवले बताउनु भयो ।

कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी ‘रेशम चौधरीको प्रमाणपत्र अब के हुन्छ ?’ भन्ने सन्चारकर्मीको प्रश्नमा यादवले प्रमाणपत्र कसरी दिने भन्नेबारेमा कानुन नभएको भन्दै चौधरीको प्रमाणपत्र सुरक्षित रहने बताउनु भयो ।

चौधरीको विजयी भएको प्रमाणपत्र आयोगले संसद सचिवालयमा बुझाइसकेकाले उहाँले त्यहाँबाट प्राप्त गर्नसक्नेसमेत प्रमुख आयुक्त यादवले उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ