पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका सबै नतिजा सार्वजनिक

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका सबै नतिजा सार्वजनिक

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २७ मंसिर। 

पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।

प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै ९१६५ वटै० निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।

प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा ९एमाले० का ८०, नेकपा ९माओवादी केन्द्र० का ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा पाँच महिला निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा ९एमाले०का १६८, नेकपा ९माओवादी केन्द्र०का ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र तीन, नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ १७ महिला उम्मेदवार विजयी भएका छन् ।

आयोगका अनुसार हालसम्म ५६ लाख ८९ हजार ८५९ मतगणना सम्पन्न भएकामा नेकपा एमालेले १९ लाख ८९ हजार ५००, नेपाली काँग्रेसले १९ लाख चार हजार २०८, नेकपा ९माओवादी केन्द्र० ले सात लाख ६८ हजार ३७८ र संघीय समाजवादी फोरम नेपालले दुई लाख ५२ हजार ६९८ मत प्राप्त गरेका छन् ।

दिउँसो १२ बजेसम्ममा राष्ट्रिय जनता पार्टी, नेपालले एक लाख ८९ हजार २०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ३२ हजार ५००, विवेकशील साझा पार्टीले एक लाख २३ हजार ६२, नयाँशक्ति पार्टी, नेपालले ५६ हजार ५८४, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक०ले ४४ हजार १७५ र राष्ट्रिय जनमोर्चाले ३५ हजार ९७ तथा अन्य दलले एक लाख ९४ हजार ४५३ मत प्राप्त गरेका आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ