एकातिर जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्ने र अर्कोतिर चुनावलाई उपयोग गर्ने नीति लिएका नेपालका निष्ठावान नेता मोहन बैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीले यस पटक पनि केही जिल्ला र क्षेत्रमा उम्मेद्धारी दिएको थियो । स्थानीय निकायमा केही वडामा जीते पनि यस पटक प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव जीतेको त छैन नै समानुपातिकमा आएको मतको पनि त्यति हिशाब सार्वजनिक भएको छैन ।
मुट्ठी चिन्ह लिएर रोल्पा , काठमाण्डौं , भोजपुर , नवलपुर लगायतका जिल्लामा उम्मेद्धारी दिएकाहरुले कति कति मत ल्याए खासै सार्वजनिक भएको छैन ।
निर्वाचन आयोगको विवरण अनुसार देजमोका उम्मेद्धारले धेरै ठाँउमा हजार मत ल्याउन पनि सकेका छैनन् ।
यस्तोमा अहिले बैद्य माओवादी भित्र मुट्ठी कता हरायो ? निर्वाचनमा नजाऔं भन्दा सुनेनन् नेताले भन्दै कार्यकर्ताहरुले चर्चा शुरु गरेको बुझिएको छ । बुझिए अनुसार पार्टीकै नीतिमा चुनाव उपयोग गरिए पनि मोहन बैद्य र सिपी गजुरेल सहितका नेता प्रचारमा पनि गएनन् भने मत पनि नहालेको बताईएको छ ।
यद्यपी सो पार्टी का नेता हरुले यो चुनाब जित्नका लागि भन्दा पनि पार्टी को विचार लाइ जनतामा पुर्याउने माध्यम भएको बताएका छन्