मुख्य मधेश समेटिएको दुई नं प्रदेशमा एमालेको उपस्थिति निकै कमजोर देखिएको छ । बाकी ६ वटै प्रदेशमा बर्चस्व बनाएको बाम गठबन्धन र एमाले सप्तरीदेखि पर्सा सम्मको क्षेत्रमा किन कमजोर भयो ? ८ वटा जिल्ला समेटिएको यस क्षेत्रमा ३२ वटा निर्वाचन क्षेत्र मध्य बामले केबल ७ वटामा मात्र जीतेको छ त्यसमा पनि एमालेको २ जना मात्रै निर्वाचित भएका छन् भने माओवादीको तर्फबाट ५ जना ।
एमाले कमजोर हुनाको कारण मधेश आन्दोलनप्रति ओलीको अभिव्यक्ति, आन्दोलनमा दमन गरेको जस्ता विषयलाई ठानिएको छ । प्रदेश नं २ मा वाम गठबन्धनको उपस्थिति निकै कमजोर देखिएको छ । प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जम्मा सात स्थानमा जित हासिल गरेको छ । एमाले दुई र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् । काँग्रेस अन्य प्रदेशमा भन्दा २ नं प्रदेशमा केही बलियो देखिएको छ । काँग्रेसले यस प्रदेशमा छ स्थानमा जित हासिल गर्न सफल भएको छ । त्यस्तै राजपा नेपाल १० र संघीय समाजवादी फोरम नेपाल नौ स्थानमा विजयी भएको छ ।