भारत समर्थक मानिने नेपालको सबै भन्दा पुरानो र शक्तिशाली राजनीतिक दल नेपाली काग्रेसले यो चुनावमा आफ्नो परम्परागत राजनीतिक हैसियत गुमाएको छ ।
अक्सर नेपालको वामपन्थीहरुलाई भारतले चीन पक्षधरको रुपमा बुझ्दै आएको छ । ईतिहासकै सबै भन्दा खराब अवस्थामा भारत निकट मानिने काग्रेसको हैसियत पुगे पछि पनि भारतीय अधिकारीहरुबाट औपचारीक तवरले कुनै टिप्पणी र बधाई या कुनै प्रतिकृया प्राप्त भएको छैन । अहिले सम्म केबल भारतीय सञ्चार माध्यमहरुले भारत निकट नेपाली काग्रेसको पराजयको मात्र समाचार छापिरहेका छन् ।
नेपालमा सविधान जारी भएको विषयलाई लिएर नाकाबन्दी गरेको मोदी सरकार र उनको दलबाट कुनै प्रतिकृया अहिले सम्म नआउनुलाई आश्चर्यजनक रुपमा हेरिएको छ । एक जना भारतीय पत्रकार आनन्द स्वरुप बर्माले यो सरकारले पनि भारतकै लागि काम गर्ने भनेर तर्क दिएका छन् ।
उनले मोदी सरकारको नाकाबन्दी,भारत समर्थक नै मानिने ओलीलाई हातमा लिन नसक्नु जस्ता कमजोरी भारतले गरेको बर्माको तर्क छ ।
भाजपा नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहन्छ भन्ने अझै पनि उनको तर्कबाट स्पष्ट हुन्छ ।
भावी दिनमा केपी ओली दुई तिहाई या पूर्ण बहुमतको सरकार बनाउने छन् । र यस सरकारसगँ भारतले कसरी डिल गर्ने छ त ? यो अहिले चर्चाको बिषय छ । अब आउदो महिना ओली प्रधानमन्त्री भए पछि लगत्तै भारतले बधाई वक्तव्य दिएला त ? भारत भ्रमणको निम्तो दिएला त ? के फेरी ओलीले पहिलो राजनीतिक भ्रमण भारतबाटै शुरु गर्लान त ? यो अहिले अनुमान र चासोको विषय बनेको छ ।
यो गठबन्धन चीन समर्थक भएको भनिदै गर्दा वर्माले यस सरकार पनि अन्ततः भारतको लागि काम गर्ने छ भन्ने तर्कले केही प्रश्नहरु अवस्य उठेका छन् ।
तर यदी भारतले साचो अर्थमा नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहेको हो भने राजा , राजावादी शक्ति र दलहरुभित्र उसले अर्को सुत्रको रचना गरी पुनः असमान्जस्यता पैदा गर्न सक्ने आकलन पनि शुरु भएको छ । तर कुनै कुटनीतिक कदम भारतले नचाल्दा सम्म यसैहोला भन्न सकिने अवस्था छैन । तै पनि भारतीयहरुको नजरमा पूर्ण बामपन्थी सरकार बन्नु सकारात्मक कुरा पक्कै पनि हैन भन्ने संकेत मिल्न थालेको छ ।
माओवादीकै एक जना नेता गोपाल किरातीले यो काग्रेस आई निकट रहने रअले चलाएको मान्छे ओली भएको र उनी भारतीय दलाल नै भएको भन्ने सार्वजनिक टिप्पणी समेत शुरु गरेका छन् । जसले भविष्यमा माओवादी र एमालेबीच हुने भनिएको एकताको विपक्षमा वक्तव्य दिदै आएका छन् ।