२५ हजार घूससहित विद्युत् प्राधिकरणका कर्मचारी रङ्गेहात पक्राउ

२५ हजार घूससहित विद्युत् प्राधिकरणका कर्मचारी रङ्गेहात पक्राउ

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

पोखरा, २६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले आज नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई रु २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ । 

ग्राहकको थ्री फेजको लाइन जोड्नका लागि रु २५ हजार घूस मागेपछि अख्तियारको टोली कार्यालयमा पुगेर चौथो तहका इलेक्ट्रिक फोरम्यान ईश्वरप्रसाद सुवेदीलाई पक्राउ गरी अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता रमेश ढकालले जानकारी दिनुभयो ।

केही दिनअघि कार्यालयले सिँचाइ कार्यालयका एक इन्जिनियरलाई पनि घूससहित पक्राउ गरेको थियो ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ