ओलीलाई प्रचण्डको कडा जवाफ : “गणतन्त्र र संघीयताको लागि माओवादी एक्लै लडेको हो”

ओलीलाई प्रचण्डको कडा जवाफ : “गणतन्त्र र संघीयताको लागि माओवादी एक्लै लडेको हो”

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

२६ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गणतन्त्रको लागि माओवादी एक्लै लडेको बताएका छन् । चुनावपछि एउटा टिलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले जनयुद्धकै कारण अहिलेका राजनीतिक उपलब्ध प्राप्त भएको त्यसको लागि माओवादी एक्लैले लडेको बताए ।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष,  समावेशी, समानुपातिक सबै उपलब्धीहरु संघर्षबाट प्राप्त भएका हुन्, त्यसको लागि मेरो नेतृत्वमा माओवादी एक्लैले लडेको कुरा जगजाहेर छ’ प्रचण्डले भने । माओवादीकै एजेण्डमा देश अगाडि बढेकोले जसले जित्दा पनि माओवादीकै जित भएको जस्तो अाफूलाई लाग्ने गरेको प्रचण्डले भने । उनले नाम नलिएरै नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रसहित अहिलेका राजनीतिक उपलब्धीहरु हासिल हुनेमा काँग्रेस र एमालेलाई विश्वास नलागेको समेत बताए ।

नेपाली काँग्रेसलाई जनता पटक पटक बहुमतको सरकार दिएको तर कम्युनिष्टलाई पहिलो पटक दिएको बताउँदै चुनावको परिणाम चुनौती र अबसर दुबै भएको प्रचण्डले अन्तरवार्ताको क्रममा बताए ।

प्रचण्डले एमालेसँग पार्टी एकता गर्ने प्रक्रिया र सरकार निर्माणसँगै अगाडि बढाउने समेत बताए ।

चुनावको मुखैमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अन्तरवार्तामा राजतन्त्रको र अन्त्य र गणतन्त्र स्थापनाको लागि जनयुद्धको भूमिका नभएको बताउँदै शान्तिपूर्ण अान्दोलनबाट भएको बताएका थिए । ओलीले माओवादीले जनयुद्ध सुरु गर्नु राजनीतिक भुल भएको समेत बताएका थिए ।

प्रचण्डले एमालेसँगको चुनावी तालमेलमात्रै अहिलेको परिणाम नअाएको बताए । उनले माओवादी पुनः बलियो बन्दै गएको स्थानीय चुनावले पनि देखाएको दाबी गरे । एमालेसँगको तालमेलले केही सहयोग भने अवश्य गरेको प्रचण्डले बताए ।

जनयुद्धको क्रममा अाफूहरुले मुक्ति र अधिकारको लागि जातीय मुद्दा अघि सारेको बताउँदै प्रचण्डले कतिपयले त्यसलाई अपव्याख्या गरेका कारण जात जाती र समुदायबीच द्वन्द्व बढेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ