अब बन्ने सरकारले भारतकै स्वार्थमा काम गर्ने पक्का छः आनन्दस्वरुप बर्मा

अब बन्ने सरकारले भारतकै स्वार्थमा काम गर्ने पक्का छः आनन्दस्वरुप बर्मा

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

२६ मंसिर,काठमाडौं । भारतीय वाम बुद्धिजीवि आनन्दस्वरुप बर्माले चुनावपछि बन्‍ने नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा बन्न‍े सरकार पनि भारतीय स्वार्थविरुद्ध जान नसक्ने बताएका छन् । चुनावको समग्र परिणाम नअाउँदै एमाले र माकेले सरकार बनाउने निश्चित भएपछि पहिलो पटक एक पत्रिकालाई अन्तरवार्ता दिँदै बर्माले अब बन्‍ने सरकारले पनि साम्राज्यवादी अार्थिक नीति लागु गर्ने भएकाले अपेक्षा गरेअनुसार जनताको जीवनमा परिवर्तन अाउने गरी कुनै काम नहुने बताए ।

बर्माले जनयुद्धलाई अातंककारी देख्ने एमाले र माकेबीचको एकता त्यति सहज नभएको र त्यसलाई फुटाउन भारतले प्रयास गर्ने बताए । उनले एमाले-माकेको सम्झौताभित्र देशको हित गर्ने कुनै सोँच नभएको समेत ठोकुवा गरे ।

”एमालेले १० वर्षसम्म चलेको जनयुद्धलाई कहिल्यै समर्थन गरेन र सधैं एउटा आतङ्ककारी घटना मान्दै आयो । सामाजिक संरचनामा आमूल परिवर्तन जनयुद्धको माग थियो । त्यसमा एमाले अहिले पनि सकारात्मक छैन । यस्तो अवस्थामा के को आधारमा उनीहरूबीच सम्झौता भयो ? जनताले त्यो कुरा बुझ्न सकेका छैनन् । त्यसका रहस्यहरू खुल्दै जालान् । त्यो सम्झौताभित्र जनता र देशको हित हुने कुनै सोँच छैन” बर्माले भने । उनले एमाले र माकेबीच हुने भनिएको एकता सत्ताको लागि मात्रै भएको बताए ।

बर्माले दक्षिण एशियासहित पूरै विश्वमा फासीवाद उर्लिरहेको बेला एमाले-माकेको गठजोडले दिएको परिणाम सकारात्मक भएको समेत बताए । उनले भने, ”सम्पूर्ण विश्वमा चाहे अमेरिकामा डोनाल्ड ट्रम्प, जापानमा सिङ जावे, जर्मनी, भारतमा मोदी सबैतिर फासिवाद बढ्दै गएको छ । यस्तो अवस्थामा थोरै पनि फासिवाद विरोधी उदारवादी शक्तिहरू देखिन्छन् भने त्यो सकारात्मक पक्ष हो ।”

”वाम एकता, वाम सरकार, नाम, झन्डाको कारण भारतमा पर्नसक्ने मनोवैज्ञानिक प्रभावको कारण पनि मोदी सरकार पूरै शक्तिको साथ वाम गठबन्धनको विरुद्ध लाग्नेछ । वाम गठबन्धनले दुई तिहाई ल्याएर सरकार बनाएछ भने पनि उनीहरूले साम्राज्यवादी आर्थिक नीतिलाई नै लागू गर्नेछन् । विश्वभर ‘हेर, नेपालमा कम्युनिस्ट सरकार आयो’ यस्तो प्रचार नहोस् भनेर साम्राज्यवाद चनाखो छ । त्यसकारण मैले वाम गठबन्धनलाई समर्थन गरेको छु । यस्तो अवस्थामा वास्तविक क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउँदै फासिवाद विरोधी शक्तिहरूलाई पनि अघि बढ्न दिनुपर्छ” बर्माले अन्तरवार्ताको क्रममा भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ