अमरेशकुमारको क्षेत्रमा रोकिएको मतगणना सुरु, गच्छदारको क्षेत्रमा अझै हुन सकेन

अमरेशकुमारको क्षेत्रमा रोकिएको मतगणना सुरु, गच्छदारको क्षेत्रमा अझै हुन सकेन

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सर्लाही , २६ मंसिर ।  सर्लाही ४मा आइतबार रातिदेखि स्थगित भएको मंगलबार बिहानदेखि फेरि मतगणना सुरु भएको छ। बिहान साढे सात बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

यो क्षेत्रमा कांग्रेस नेता अमरेशकुमार सिंह र राजपाका राकेशकुमार मिश्र प्रतिनिधि सभा उम्मेदवार बनेका छन्।

पछिल्लो मतपरिणाममा मिश्रसिंह भन्दा ४ सय मतले अगाडि छन्। अझै आधा बढी मत गन्न बाँकी छ।

यसैबीच उपप्रधानमन्त्री विजयकुमार गच्छदार उम्मेदवार रहेको सुनसरी ३ मा भने हिजोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन।

मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगीत भएको हो।

२० हजार मत गन्न बाँकी रहँदा त्यहाँ एमाले उम्मेदवार भगवती चौधरी १५५ मतले अगाडि छन्।

प्रतिनिधि सभामा अब छ स्थानको मतपरिणाम आउन बाँकी छ। अन्य चार स्थानमा मतगणना जारी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ