गायक धिरज राईको ज्यान जोखिममा : भन्छन् धम्की देखि डराउदिन

गायक धिरज राईको ज्यान जोखिममा : भन्छन् धम्की देखि डराउदिन

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

माहामानब गौतम बुद्ध नेपालमा जन्मेको कुरामा कुनै दुई मत नै छैन र यो ध्रुब सत्य कुरालाई कसैले उल्टाउन खोज्यो भने त्यो कुरा हामी नेपालिलाई मान्य हुने पनि छैन ्रयसै बीच तिबत्ति धर्म गुरु दलाई लामा जो अहिले भारत मा निर्बासित जिबन बिताई रहेका छन् उनले केहि समय अगाडी एउटा सर्बजिनिक कार्येक्रममा बोल्दै गौतम बुद्ध नेपालमा नभई भारतको कुनै उत्तरी भेगमा जन्मेका हुन् भन्ने टिप्पणी दिएका थिए।
यस बिषयम अहिले सम्म नेपाली स्टार गायक धिरज राई र महा नायक राजेश हमाल बाह्येक कसैले पनि बोल्न भएका छैनन् । हुन त भारतले अहिले गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने बनाउन भारतमा नक्कली लुम्बिनी नै बनाउन लागि परेको कुरा पनि बाहिर आएको छ ।

यसै बीच गायक धीरज राईले भने यो कुरा को खुलेरै बिरोध गरि रहेका छन् र यसको बिरुद्दमा अभियान नै चलाई रहेका छन् । उनले गौतम बुद्ध नेपाली भुमिमा जन्मेका हुन् भन्ने संदेश सहित बिश्वो भ्रमण गर्ने आठोट पनि गरेका छन् र कतिपय देशको भ्रमण सकी पनि सकेका छन् ।

हुन त अहिले तिब्बती धर्म गुरु दलाई लामाले आफ्नो गलत प्रचारलाई लिएर सर्बजिनिक रुप मै माफी पनि मागी सकेका छन् । विभिन्न व्यक्तिहरुले धिरज राईलाई यो आभियानमा नलग्नको लागि विभिन्न किसमका धम्की समेत आइ रहेकको भए पनि उनी यो अभियान बाट पछि भने नहट्ने कुरा च्यानल आइ। एम । जी । को कार्येक्रम “शेलेब्स कनेक्शन” मा प्रस्तोता बेनिश भण्डारी मार्फत जानकारी गराएका छन् र यो आभियानलाई सफल पार्नको लागि सम्पूर्ण देश प्रेमी नेपाली दाजु भाईलाई उहाको अभियानलाई साथ दिनु हुन पनि अनुरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ