समानुपातिकमा एमाले अघि अघि काग्रेस पछि पछि माओवादी आधा मात्रै !

समानुपातिकमा एमाले अघि अघि काग्रेस पछि पछि माओवादी आधा मात्रै !

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षमा जीतेको तुलनामा कम भए पनि समानुपातिकमा पनि एमालेको अग्रता कायम छ । ठूलो अन्तर नभए पनि अग्रस्थान ओगट्न एमाले सफल भएको छ । त्यसै गरी प्रत्यक्षमा धेरै जीत हात नपारे पनि समानुपातिकमा एमालेको पछि पछि काग्रेस उक्लिएको छ ।
वाम गठबन्धनको फाईदा लिएर प्रत्यक्षमा काग्रेसलाई पछि पारे पनि माओवादी केन्द्र समानुपातिकमा भने काग्रेसको आधा जति मात्र मत ल्याएर अघि बढीरहेको छ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले ४ लाख ४६ हजार ३७, नेपाली कांग्रेसले ४ लाख २९ हजार ९१ र माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएका छन् । चौंथोमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र पाँचौंमा विवेकशील साझा पार्टी छन् ।

राजपा नेपालको २५ हजार ७ सय ४१ र विवेकशील साझाको २३ हजार २ सय ३६ मत छ । यस्तै राप्रपाको २१ हजार ९ सय ९९, संघीय समाजवादी फोरमको १८ हजार ३ सय ४०, नयाँ शक्ति पार्टीको १८ हजार १ सय २४ राप्रपा प्रजातान्त्रिकको ९ हजार २ सय ६०, राष्ट्रिय जनमोर्चाको ७ हजार १ सय १८ मत रहेको छ । अन्य दलको २८ हजार २ सय १६ मत रहेको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ