काठमाडौं, २५ मंसिर ।मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्ति गरेको छ । सिंहदरबारमा आज बसेको बैठकले एनएफडीसीकी प्रमुख पौडेललाई
बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।
केही समयदेखि बोर्ड अध्यक्ष पदका लागि निकिताको नाम चर्चामा थियो । नयाँ सरकार बन्ने तयारीमा रहेको समयमा निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने सरकारले निर्णय गरेको हो ।
निकिता लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिइन् । गोपिकृष्ण हलकी संचालिका समेत रहेकी निकिताले निर्माण गरेको चलचित्र ‘पर्व’ जेठ महिनामा रिलिज भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline