सुनसरी ३ मा चौधरी र गच्छदारको कडा प्रतिष्पर्धा, २० हजार गन्न बाँकी रहदा यस्ताे छ अग्रता

सुनसरी ३ मा चौधरी र गच्छदारको कडा प्रतिष्पर्धा, २० हजार गन्न बाँकी रहदा यस्ताे छ अग्रता

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सुनसरी,२५ मंसिर ।  सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ। दुवै नेताबीच मत अन्तर झिनो हुँदै गएको बेला मतपेटिकामा २० रुपैयाँको नोट भेटिएको थियो। सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो। अझै झण्डै २० हजार मतगणना बाँकी रहेको छ।

रुखुमा स्वास्तिक चिन्ह भएको नौवटा अर्धकट्टी भेटिएपछि एमालेले उक्त मत बदर गर्नुपर्ने अडान लिएको छ भने कांग्रेसले सदर गर्नुपर्ने भन्दै आएको छ। विवाद नमिलेपछि मतगणना स्थगित भएको हो। अर्धकट्टी सहितको नौ वटा मतपत्र भेटिएकाे थियाे ।

सुनसरी ३ मा वामगठबन्धनका उम्मेदवार भगवती चौधरी र नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारबीच कडा प्रतिष्पर्धा भइरहेको छ। मतगणना रोकिनुअघि वामगठबन्धनकी चौधरीले १५५ मतले लिड गरेकी छिन् भने गच्छदारले मतान्तर घटाउँदै लगेका छन्।

भगवतीको २९३२६ मत आएको छ भने गच्छदारको २९१७१ मत आएको छ। करिब २० हजार गन्न बाँकी रहेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी