२४ मंसिर,काठमाडौं । चितवन निर्वाचन-१ बाट एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । पाण्डेले नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका हुन् ।
पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए । पाण्डे र बुर्लाकोटीको यो दोस्रो चुनावी भेट हो ।
यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए । साविक चितवन निर्वाचन क्षेत्र नः १ मा रत्ननगर नगरपालिकासमेत गाभिएर बनेको नयाँ क्षेत्रमा प्रतिस्पर्धी दोहोरिएका थिए ।
यसअघि, चितवन निर्वाचन क्षेत्र नः २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल निर्वाचित भईसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline