मंसीर २५ धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका धनकुटा ईन्चार्ज आकाश शर्मा सहित ११ जना रिहा भएका छन् ।
जिल्ला सदस्य रनकुमार राई , यज्ञ भण््डारी , शहिदभूमि गाउँपालीका सदस्य नरजित राई , जिल्ला सदस्य आलोक श्रेष्ठ ,विशाल मगर , पाख्रिवास नगरपालीका सदस्य पे्रम कट्टेल , जिल्ला सदस्य हेम मगर , सुमन राइ , धनकुटा नगरपालीकाको सदस्य जनक राइ ,जिल्ला सदस्य बिज्ञान ओझा रहेका छन् ।
शुक्र राई जि स , टेक बहादुर माझी , सुरेश राई , राजन कार्की छुट्न बाकीँ रहेको नेकपाले जनाएको छ ।
यसै गरी सुनसरीबाट पक्राउ परेका मध्य ४ जना रिहा भएका छन् । रिहा हुनेमा केन्द्रीय जलस्रोत विभागका सदस्य राम प्रसाद किराती, पूर्व जिल्ला सेक्रेटरी जस कुमार राई, युवा जनस्वयसेवक अध्यक्ष रोषन ढकाल, ईनरुवा नगर सचिव लक्ष्मण कार्की रिहा भएका छन् भने बाकी ११ जना रिहा हुन बाकी रहेको नेकपा सुनसरीले जनाएको छ ।