नवराज सिलवालले मारे बाजी, ओलीले बनाउँछन् त गृहमन्त्री ?

नवराज सिलवालले मारे बाजी, ओलीले बनाउँछन् त गृहमन्त्री ?

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

 

ललितपुर, २३ मंसिर।

ललितपुर क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार पूर्व प्रहरी महानिरिक्षक नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले २० हजार ७२९ मत पाउनुभएको छ । यस क्षेत्रमा जम्मा ५१ हजार २४९ मत खसेको थियो ।

प्रहरी प्रमुख नियुक्तिमा किचलो निकालेका सिलवाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बनाउने सार्वजनिक कार्यक्रमहरुमै घोषणा गरेका थिए ।

ओलीका अहिलेका चुनावी सहयात्री प्रचण्ड नेतृत्वको सरकारले तत्कालिन डिअआईजी जयबहादु चन्दलाई प्रहरी प्रमुख बनाउन लाग्दा सिवलाल अवरोध गरेकै कारण ओली नजिक भएका थिए । त्यति बेला प्रचण्ड ओलीका राजनीतिक दुश्मन थिए ।

एमाले अध्यक्ष ओलीले अाफ्नो वचन पूरा गर्न सिलवाललाई गृहमन्त्रीको रुपमा अागडि सार्छन् वा चुनावी नारा मात्रै हो भन्ने कुरा अबको एक महिनाभित्रै थाहा पाइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ