गौर, रौतहट, २३ मंसिर। रौतहटको चन्द्रपुर नगरपालिकामा आज साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्युु भएको छ ।
चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।
यसैबीच, घटनापछि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै गौर चन्द्रपुर सडकखण्डको बालचनपुरमा चक्काजाम गरेका छन् ।
साँझदेखि भएको चक्काजामले गर्दा गौर चन्द्रपुर सडकखण्डको यातायात ठप्प भएको छ । भोट नदिएका कारण योजना बनाएर यसरी ठाकुरलाई मारिएको स्थानीय बासिन्दाले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline