किशानले पछी पारे रामचन्द्रलाई

किशानले पछी पारे रामचन्द्रलाई

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

 

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा तीन हजार ५७० मतले पछाडि पर्नुभएको छ ।

पछिल्लो मत गणना अनुसार कँंग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रबाट उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले २० हजार २०१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं १ को प्रदेशसभा (क) मा एमालेका उम्मेदवार रामबहादुर गुरुङ्गले १० हजार ९९१ र कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नौ हजार ६४५ तथा प्रदेशसभा ‘ख’मा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले सात हजार ९३० र माओवादी केन्द्रका हरिबहादुर चुमानले १० हजार ५०९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताउनुभयो ।

त्यस्तै तनहुँको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका शंकर भण्डारीले १५ हजार ९५० र एमालेका केदार सिग्देलले १८ हजार ९५७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (क) मा काँग्रेसका प्रदीप पौडेलले छ हजार ४ ५० र माओवादी केन्द्रकी आशा कोइरालाले सात हजार ६२२ तथा प्रदेशसभा ‘ख’ मा काँग्रेसका ध्रुव वाग्लेले आठ हजार ५७२ र एमालेका किरण गुरुङ्गले आठ हजार ९९२ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ