नारायणकाजीले देखाए राजनीतिक संस्कार !अाफु हारेपछि फाेनै गरेर दिए बाबुरामलाइ बधाइ

नारायणकाजीले देखाए राजनीतिक संस्कार !अाफु हारेपछि फाेनै गरेर दिए बाबुरामलाइ बधाइ

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

२३ मंसिर,काठमाडौं । देशभर सर्वाधिक चर्चाकाे बिषय बनेकाे गाेरखा २ बाट अाफु पराजित भएपछि माअाेवादी नेता नारायणकाजी श्रेष्ठले राजनीतिक संस्कार देखाउदै अाफुलाइ हराउने नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराइलाइ टेलिफाेन नै गरेर बधार्इ दिएका छन् । साथै उनले अन्तिम मत परिणाम अाउनुपूर्वनै सामाजिक सञ्जालमार्फत पनि बधाइ िदएका थिए ।

भट्टराइका स्वकीय सचिव विश्वदिप पाण्डेका अनुसार श्रेष्ठले फाेनै गरेर बधाइ दिएका हुन् ।  मत गणना नसकिदै भट्टराईलाई बधाईको ओइरो लागेको छ ।

भट्टराईका प्रतिस्पर्धी तथा माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठले हार स्वीकार गर्दै सामाजिक सं‌जालमा बधाई दिएसँगै सामाजिक प्रयोगकर्ताहरुले डा.भट्टराईलाई बधाई दिएका हुन् । जितको नजिक पुग्दा बधाई दिनेहरु पनि बढेका छन् ।

गोरखा-२ को अहिलेसम्म ५६ हजार ६ सय ३० मत गणना भइसकेको छ । जसमध्ये डा.भट्टराईले २९ हजार ५ सय ७७ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २३ हजार ८  सय ७० मात्रै पाएका छन् ।

अहिले मतान्तर ५ हजार ७ सय ७ छ । यो क्षेत्रमा कुल ६० हजार १ सय ९ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ