काठमाडौँ, २३ मंसिर ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को मतगणना पुनः शुरु भएको छ ।
केही मतपत्रमा प्रमुख निर्वाचन अधिकृतको हस्ताक्षर नभेटिएपछि उत्पन्न विवादका कारण केहि समयका लागि मतगणना स्थगित भएको थियो । दलीय प्रतिनिधिबीच भएको सहमतिपछि मतगणना पुनः शुरु भएको हो
प्राप्त पछिल्लो मतपरिणाम अनुसार, नेकपा (एमाले) का महासचिवसमेत रहनुभएका वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलले १९ हजार ७०४ मत प्राप्त गरी अग्रता कायम गरिएको छ भने नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत ८ हजार ७४९ मत प्राप्त गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline