डा. प्रकाशशरण महतको क्षेत्र काठमाडौं ५ मा काग्रेसद्धारा मतगणना बहिस्कार :यस्तो छ कारण

डा. प्रकाशशरण महतको क्षेत्र काठमाडौं ५ मा काग्रेसद्धारा मतगणना बहिस्कार :यस्तो छ कारण

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२३ मंसिर,काठमाडौं । नेपाली काँग्रेसले काठमाडौंको निर्वाचन क्षेत्र नं ५ को पाँचओटा मतदान केन्द्रमा मतदान अधिकृतले फरकफरक हस्ताक्षर भेटिएको बताउँदै मत गणना बाहिस्कार गरेको छ ।

काँग्रेस उम्मेदवार डा. प्रकाशशरण महतले अाफूहरुको माग निर्वाचन अायोगले नसुनेको भन्दै मत गणना बहिष्कार गरेका छन् ।

‘मतदान अधिकृतको हस्ताक्षर फरक फरक पाइएकोले मतगणना रोक्न हामीले माग गर्‍यौ, निर्वाचन आयोग र विपक्षीले प्रशासन लगाए पेलेर गणना जारी राखेका छन्, त्यही भएर हामीले बहिष्कार गरेका हौं’ महतले भने । उनी मत गणना स्थलबाट बाहिरिएका छन् ।

अाफूहरुले शुक्रबारदेखि नै मत गणना स्थगित गर्न माग गरेपनि निर्वाचन अायोगले अटेर गरेको अारोप समेत लगाए ।

यता नेकपा एमाले र माओवादी केन्द्रले भने अाफू हार्ने पक्का भएपछि काँग्रेसले निहु खोजेको बताएका छन् ।

काठमाडौं ५ मा सुरुवातीदेखि नै नेकपा एमालेका महासचिव ईश्वर पोखरेल अग्रता लिइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ