बैतडीमा वाम गठबधन विजयी

बैतडीमा वाम गठबधन विजयी

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बैतडी, २३ मंसिर ।

प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीका सबै क्षेत्रमा वाम गठबन्धनले जित हात पारेको छ ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार दामोदर भण्डारी विजयी हुनुभएको छ, भने प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का पे्रमप्रकाश भट्ट र प्रदेशसभा (ख) मा नेकपा (एमाले)का लीलाधर भट्ट विजयी हुनुभएको छ ।

एमालेका दामोदर भण्डारी ३९ हजार ५२४ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरबहादुर चन्दले २८ हजार २९१ मत प्राप्त गर्नुभयो ।

प्रदेश ‘क’ मा माओवादी केन्द्रका प्रेमप्रकास भट्टले १८ हजार ९३ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गर्नुभयो ।

यस्तै, प्रदेश ‘ख’ मा एमालेका लीलाधर भट्ट २० हजार ३१८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गर्नुभयो ।

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १२ जना उम्मेदवार चुनावी प्रतिस्प्रर्धामा रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ