काठमाण्डौं मंसीर २३ । २०७० सालको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई पराजीत गरेका काग्रेसका राजन केसीले माओवादीका नेता हितमान शाक्यलाई पनि काठमाण्डौं १० मा हराएका छन् ।
अहिले विहान सार्वजनिक परिणाम अनुसार काठमाण्डौं १० मा केसीले २४ हजार २ सय ९० मत प्राप्त गरी बिजय प्राप्त गरेका हुन् । उहाका प्रतिद्धन्दी शाक्यले २१ हजार ९ सय सात मत ल्याउनु भएको छ । सो क्षेत्रमा २ हजार मतले अघिल्लो चुनावमा हारे पछि प्रचण्ड अहिलेको चुनावमा चितवनबाट लड्दै छन् ।
वाम गठबन्धन भए पछि शाक्यले जीत्ने अनुमान गरिए पनि केसीले जीत हासिल गरे पछि काग्रेसलाई राहत मिलेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline