प्रकाशमान र गगनको जित , विजय उत्सव मनाउदै

प्रकाशमान र गगनको जित , विजय उत्सव मनाउदै

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

 काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले विजयको सुरुवात राजधानीबाट गरेको छ ।

वाम गठबन्धनले अघिल्लै दिन खाता खोलिसकेको अवस्थामा कांग्रेसले भने बल्ल जितको स्वाद पाएको हो । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र क्षेत्र नम्बर ४ मा गगन थापा विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार सिंहले निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले १० हजार ९ सय ३६ मत ल्याए भने मिश्रले १० हजार १ सय १८ मत ल्याए ।

क्षेत्र नम्बर ४ मा कांग्रेसका थापाले २१५५८ मत पाउँदा वाम गठबन्धनतर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका राजन भट्टराईले १८१४० मत पाए ।

अहिले काग्रेस कार्यकर्ताहरुले ठाउ ठाँउमा विजय उत्सव मनाउदै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ