डा बाबुराम भट्टराई तीन हजार मतले अगाडि

डा बाबुराम भट्टराई तीन हजार मतले अगाडि

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

 

गोरखा, २३ मंसिर।

प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अघि हुनुहुन्छ ।
आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गर्नुभएको छ । गोरखा–२ मा ६० हजार मत खसेको थियो । अब १९ हजार मतगणना गर्न बाँकी छ । डा भट्टराई लोकतान्त्रिक गठबन्धनबाट आफ्ना पूर्वसहयोद्धा श्रेष्ठसँग प्रतिस्पर्धामा हुनुहुन्छ । श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।

गोरखा २ (क¬) मा नयाँ शक्तिका हरिशरण आचार्यले १० हजार ७७३ र माओवादी नेत्री कमला नहर्कीले नौ हजार तीन मत ल्याउनुभएको छ । यहाँ २० हजार ९५९ मतगणना भएको छ । यस्तै गोरखा २ (ख) प्रदेशमा काँग्रेसका प्रकाशचन्द्र दवाडीले १० हजार ९१९ र माओवादी केन्द्रका अमर तमुले नौ हजार ६०७ मत ल्याउनुभएको छ । यहाँ २१ हजार ८२२ मतगणना भएको छ ।

गोरखा–१ मा वाम गठबन्धनका उम्मेदवार लोकतान्त्रिक गठबन्धनभन्दा धेरै अघि छन् । माओवादी नेता हरिराज अधिकारीले १५ हजार २९८ मत ल्याउनुभयो भने काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याउनुभएको छ । यहाँ ३२ हजार ५२० गणना भएको छ ।

गोरखा १ प्रदेश (क) मा माओवादी केन्द्रका लेखबहादुर थापाले ११ हजार २२ मत ल्याउँदा काँग्रेस नेता धीरन थापाले नौ हजार ३५९ मत ल्याउनुभएको छ । यहाँ २२ हजार ४१ मतगणना भएको छ । यस्तै गोरखा १ प्रदेशसभा (ख) मा एमालेका रामशरण बस्नेतले ११ हजार २२ मत ल्याउँदा काँग्रेसका राजेन्द्र बजगार्इँले आठ हजार ८७० मत ल्याउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ