एक हजार बढी मतान्तरले कैलालीमा फेरी पछि परिन् आरजु

एक हजार बढी मतान्तरले कैलालीमा फेरी पछि परिन् आरजु

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

कैलाली, मंसिर २३ । कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको मत गणना जारी छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार कैलाली क्षेत्र नम्बर १ मा राजपाका रेशम चौधरीले अग्रता लिइरहेका छन् । उनले २८३६ मत ल्याउँदा एमालेकी गरिमा शाहलाई ७११ मत मात्र प्राप्त भएको छ ।

कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकी डा.आरजु राणा देउवा भन्दा एमालेका नारदमुनी रानाले अग्रता लिइरहेका छन् । रानाले ८९९० मत ल्याउँदा आरजुले ७९७० मत प्राप्त गरेकी छिन् ।

उता कैलाली क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका लेखराज भट्टले अग्रता लिइरहेका छन् ।

उनले ६३९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुनिल भण्डारीले ३७३१ मत ल्याएका छन् । मत गणना जारी रहेको निर्बाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ