सिन्धुपाल्चोक , २३ मंसिर ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मालोकतान्त्रिकका पशुपतिशमशेर राणालाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार शेरबहादुर तामाङले आठहजार ३८ मतान्तरले पराजित गरेका छन् ।
तामाङ ३८ हजार चारसय १ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाले ३० हजार ६ सय ६९ मत ल्याउनुभयो ।
शुरुवाती मतगणनाको क्रममा अग्रता कायम गरेका राणाले हिजो दिउँसोसम्म पछ्याइरहनुभएको थियो । भने तामाङले अग्रता बढाउदै लग्नुभएको हो । बामगठबन्धनका साझा उम्मेद्वार तमाङले पहिलोपटक २०५६ सालमा आम निर्वाचनबाट चुनाव लडेका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका शेरबहादुरको यो चौथो उम्मेद्वारी र दोस्रो जित हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline