कैलाली काग्रेसमा खुशीयाली : प्रधानमन्त्री पत्नी अारजुले एमालेका रानालाई पछारिन, सबै चकित

कैलाली काग्रेसमा खुशीयाली : प्रधानमन्त्री पत्नी अारजुले एमालेका रानालाई पछारिन, सबै चकित

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

२३ मंसिर,धनगढी । जारी मत गणनाको ताजा परिणामअनुसार कैलाली-५ मा प्रधामन्त्री शेरबहादुर देउवाकी पत्नी अारजु राणाले अग्रता दिएकी छन् । सुरुवातीदेखि अाग्रता लिएका नेकपा एमालेका नारदमुनी रानाई राणाले पछी पारेकी हुन् ।

पछिल्लो मत परिणाअनुसार अारजुले ८ हजार ९९० मत प्राप्त गरेकी छन् । त्यसैगरी एमालेका नारदमुनि रानाले ७ हजार ९७० मत प्राप्त गरेका छन् । मतान्तरको हिसाबमा यो ठूलो नभएपनि अब केही समय लगातार अारजुले अग्रता लिने काँग्रेस प्रतिनिधिहरुले अपेक्षा गरेका छन् ।

यसैबीच डडेल्धुराको ताजा परिणाम अाएको छ । नेपाली काँग्रेसका सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवा दोब्बर मतले अगाडि छन् ।

सुरुवातीदेखि नै अग्रता लिएका देउवाले ताजा अवस्थामा ७९२३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्र र एमालेका साझा उम्मेदवार खगराज भट्टले ४१२ मत ल्याएका छन् ।

यसैबीच सिरहा क्षेत्र नं. १ मा कांग्रेस नेता प्रदिप गिरिले पनि फराकिलो अन्तरले अग्रता लिएका छन् । उनले १० हजार ०७४ मत गणना हुँदा गिरिले चार हजार ३९७ मत ल्याएर अग्रता लिएका हुन् ।

एमालेका गंगाप्रसाद यादवले तीन हजार १५३ मत ल्याएका छन् भने सघीय समाजवादी फोरम नेपालका उम्मेदवारले एक हजार ८१४ मत ल्याएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ