आफ्नै गृहजील्लामा यसकारण पराजित भए डा. शेखर कोईराला , लालबाबु पण्डित विजयी

आफ्नै गृहजील्लामा यसकारण पराजित भए डा. शेखर कोईराला , लालबाबु पण्डित विजयी

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

विराटनगर, मंसिर २३ । मोरङमा वाम गठबन्धनले प्रभाव बढाएको छ । मोरङमा प्रतिनिधिसभाका ६ मध्ये तीन निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मोरङ–६ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ‘हेभिवेट’ प्रतिश्पर्धा थियो । नेकपा एमालेका लालबाबु पण्डित र नेपाली कांग्रेसका डा. शेखर कोइरालाबीच मुख्य प्रतिश्पर्धा रहेको यो क्षेत्रमा अन्ततः एमाले उम्मेदवार पण्डितले बाजी मारेका हुन् ।

पण्डित ३३ हजार ९४१ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरे ।

त्यस्तै मोरङ –३ बाट एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गरे ।

त्यस्तै मोरङ १ मा पनि वाम गठबन्धनकै घनश्याम खतिवडा निर्वाचित भएका छन् । खतिवडाले ३७५२४ मत ल्याए भने उनका निकटतम प्रतिश्पर्धी कांग्रेसका डिकबहादुर लिम्बुले ३१४३६ मत पाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ