गगन थापाले लिए अग्रता , यस्तो छ ताजा परिणाम

गगन थापाले लिए अग्रता , यस्तो छ ताजा परिणाम

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

२२ मंसिर,काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को ताजा परिणाम अाएको छ । सुरुवातीदेखि नै अग्रता लिएका नेकपा एमालेका नेता डा. राजन भट्टराई पछी परेका छन् ।थापाले भट्टराईलाई पछी पार्दै अग्रता लिएका छन् । ताजा अवस्थामा नेता थापाले ४ हजार ५ सय २ मत प्राप्‍त गरेका छन् भने डा. भट्टराईले ४ हजार ३ सय २० पाएका छन् ।

मत गणनास्थलामा रहेका एक प्रतिनिधिका अनुसार विवेकशील साझा पार्टीको सुबुना बस्नेतले २ सय९३ मत प्राप्त गरेकी छन् ।

यो अग्रता लिएपनि डा.भट्टराईलाइ माओवादी केन्द्रसहित केहि साना पार्टीको पनि सहयोग भएका कारण कडा प्रतिस्पर्धा हुने देखिएको छ।

देशभरको सुरुवातीदेखि अहिलेसम्मको परिणामले नेपाली काँग्रेसलाई यो चुनावले धक्का नै दिने दिएको छ ।

सुरुमा केही निरासा भएपनि पछिल्लो अवस्थामा सकारात्मक परिणामहरु अाइरहेका छन‍् ।

अहिलेसम्म नेकपा एमालेले ४ सिट जितिसकेको छ भने २९ मा अग्रता लिएको छ ।

त्यसैगरी माओवादी केन्द्रले २ सिट जितेको छ भने १७ मा अग्रता लिएका छ । काँग्रेसले अहिलेसम्म प्रतिनिधि सभा सदस्यमा जित्न सकेको छैन । अग्रता भने ७ स्थानमा देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ