हालसम्मको ताजा परिणाम : एमाले ५, माओवादी १ र स्वतन्त्र १ स्थानमा बिजयी : कहाँ कस्को अग्रता ?

हालसम्मको ताजा परिणाम : एमाले ५, माओवादी १ र स्वतन्त्र १ स्थानमा बिजयी : कहाँ कस्को अग्रता ?

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं मंसिर २२ ।
गत मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको क्रम जारी छ ।

मुलुकभर चार दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणाम आउने गरी काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

देशरभर नै शान्तिपूर्ण रुपमा मतगण्ना भईरहेको आयोगको भनाई छ । तारको जाली बाहिर दलका प्रतिनिधि, जालीभित्र मतगणना गर्ने व्यक्ति राखेर मतगणना गरिदै छ ।
हाल मतगणना भईरहेको प्रतिनिधिसभाको ८० स्थानमा नेकपा एमालेले पाँच, माओवादी केन्द्रले १ र स्वतन्त्रले १ एक स्थानमा जित हात पारेको छ । त्यसैगरी एमालेले ३८, माओवादी केन्द्रले २१, नेपाली कांग्रेसले ८ र अन्यले ६ वटा क्षेत्रमा आग्रता लिएको छ ।

त्यसैगरी प्रदेशसभाको ९० क्षेत्रको मतगणनामा एमालेले ६, माओवादी केन्द्रले ३, कांग्रेसले २ र स्वतन्त्रले १ क्षेत्रमा विजय हाँसिल गरेका छन् ।
त्यस्तै प्रदेशसभामा एमालेले ३८, माओवादी केन्द्रले २५, नेपाली कांग्रेसले ८ र अन्यले ७ स्थानमा आग्रता लिएको छ ।

हालसम्मको मतपरिणम अनुसार प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काग्रेसले खाता खोलेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ