कामका लागि भारत जानेको संख्या बढ्यो

कामका लागि भारत जानेको संख्या बढ्यो

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

 

बैतडी, २२ मंसिर।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पश्चात् मजदुरीका लागि भारत जानेको सीमा नाकामा लर्को लाग्न थालेको छ ।

हिउँद शुरु भएसँगै अहिले सिमा नाका झुलाटबाट दैनिक दुई सयभन्दा बढी सर्वसाधारण कामका लागि भारततर्फ जाने गरेका सिमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।

आफ्नै बारीबाट उब्जेको अन्नले बाह्रैमहिना खान नपुग्ने भएका कारण्ढा यहाँका बासिन्दा भारतमा मजदुरी गर्न जाने गरेका छन् । बाजुराका चीनबहादुर रोकायाले भन्नुभयो– “छ महिना भारतमा काम गरेर फेरि खेती भित्र्याउने बेलामा घर फर्कन्छांै ।”

सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश नागरिक मजदुरीका लागि झुलाघाट नाका भएर भारत जाने गरेका छन् । बैतडीलगायत डडेल्धुरा, डोटी, अछाम, बाजुरालगायत हुम्ला, मुगुका युवा पनि झुलाघाटबाट भारत जाने गरेको झुलाघाट प्रहरी चौकीका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेले बताउनुभयो ।

अहिले खेतबारीको सबै काम सकिएकाले पैसा कमाउन भारत जान लागेको सिमा नाकाबाट भारत जानेहरुले बताएका छन् । देशमा जस्तोसुकै व्यवस्था आएको भए पनि आफूहरुका समस्या कसैले समाधान नगरेको उनीहरुको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी