बझाङ जिल्लामा बन्यो वाम गठबन्धनको लाल किल्ला

बझाङ जिल्लामा बन्यो वाम गठबन्धनको लाल किल्ला

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं मंसिर २२
प्रदेश नम्बर ७ अन्तरगत बझाङ जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भैरव बहादु सिंह विजयी हुनुभएको छ । उनले नेपाली कांग्रसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित गरेका छन। बिजयी उम्मेदवार नेकपा एमालेका भैरवले ३४ हजार ६ सय १२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी पृथ्वीले २६ हजार ९ सय १० मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा क मा नेकपा एमालेका अर्जुन बहादुर थापा बिजयी हुनु भएको छ । उहाले १७ हजार ८ सय ६८ मत ल्याउनु भएको छ । उहाका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्रदेवी जोशीले १३ हजार १ सय ९९ मत ल्याउनु भएको छ ।

प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल विजयी हुनुभएको छ ्। उहाले १६ हजार ७ सय ४३ मत ल्याउनु भएको छ । उहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत प्राप्त गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ