२२ मंसिर,चितवन । जारी मत गणनाको ताजा परिणामअनुसार क्षेत्र नम्बर -३ मा माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् ।
प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।
यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।
यस्तै पछिल्लो मतपरिणाम अनुसार गोरखामा बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई १२ सय १६ मतले पछाडि पारेका छन्।
पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ७ हजार ५ सय २० मत ल्याएक छन् भने नारायणकाजीले ६ हजार ३ सय ४ मत प्राप्त गरेका छन्।
गोरखामा सुरूवाती चरणमा भने श्रेष्ठ अगाडि थिए।
यस्तै काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ। कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ९३६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले ६७० मत ल्याएका छन्।
पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनका अनिल शर्मा २३५ मत ल्याएर पछ्याइरहेका छन्।
त्यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेले सुरूवाती अग्रता लिएको छ। एमालेका उम्मेदवार ईश्वर पोखरेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि छन्।
११ सय मत गणना हुँदा एमालेको फराकिलो अग्रता देखिएको छ। जसमा पोखरेलको ६ सय ८० मत छ भने महतको २ सय ९८ मत छ। त्यस्तै विवेकशिल साझा पार्टीका उज्वल थापाको ८० मत छ।