जाजरकोटमा मतान्तर बढाउँदै शक्ति बस्नेत

जाजरकोटमा मतान्तर बढाउँदै शक्ति बस्नेत

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

जाजरकोट, मंसिर । जाजरकोटमा बामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले नेपाली काँग्रेसका उम्मेदवार राजिव विक्रम शाह सँगको मतान्तर बढाउँदै लगेका छन् ।

शाह भन्दा बस्नेत तीन हजार दुई सय २९ मतले अगाडी छन् । करीब १८ हजार मत गणना हुँदा बस्नेतले नौ हजार नौ सय १० मत लिएर आग्रता लिईरहनु भएको छ भने, नेपाली काँग्रेसका राजिव विक्रम शाहले ६ हजार ६ सय ८१ पाएर बस्नेतलाई पछ्याईरहेका छन् ।

बाम गठबन्धनका उम्ममेदवार बस्नेतलाई कडा टक्कर दिने ठानिएका शाहको मतको अवस्था हेर्दा आशा गर्न सक्ने अवस्था निकै कम रहेको नेपाली काँग्रेसका नेता खडक विसीले बताए ।

मतपरिणामसँग बामगठबन्धनका कार्यकर्ता उत्साहित भएका छन् भने, लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता निराश हुन थालेका छन् । अझै बस्नेतको गढ रहेको भनिएको भेरी नगरपालिकाको मत गन्न बाँकी रहेकोले बस्नेत निकै ढुक्क देखिएका छन् । प्रतिनिधी सभामा ६० हजार ८ सय ९७ मत खसेको थियो । अझै ४२ हजार मत गन्न बाँकी छन् ।

मत गणना एकदमै सुस्त गतिमा भैरहेको छ । १८ हजार मत गन्न करीव २७ घण्टा समय लागेको छ । यही गतिमा मतगनणा भए सवै मत गणना गर्न तीन दिन बढी समय लाग्ने भएको छ ।

जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका दुई गरी तीन ओटै क्षेत्रको मत छुटाछुटै कोठामा एकै साथ गणना भैरहेको छ । प्रदेशमा पििन बाम गठबन्धनका उम्मेदवार नै अगाडी देखिएका छन् । प्रदेक क मा बामगठबन्धनका गणेशप्रसाद सिहले ९ हजार ५ सय ५६ ल्याएर अग्रता लिई लिएका छन् भने, नेपाली काँग्रेसका बेदराज सिहले ७ हजार एक सय ६२ मत पाप्त गरेर उनलाई पछ्याईरहेका छन् । प्रदेश क मा ३२ हजार ६ सय ६ मत खसेको थियो ।

त्यस्तै प्रदेश ख मा बाम गठबन्धनका करवीर शाहीले १० हजार एक सय ५५ मत ल्याएर अग्रता लिएका छन् । नेपाली काँग्रेसका दीपक जंग शाहले ७ हजार एक सय ६ मत ल्याएर शाहीलाई पछ्याईरहेका छन् । प्रदेश ख मा २८ हजार २ सय ९१ मत खसेको थियो । हाल सम्म करीव १९ हजार मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए ।

शुक्रवार मध्यराती प्रदेश ख को नतिजा आउन सक्ने गिरीले बताए । यसैवीच धेरै मतपत्र बदर भएको पाईएको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी करीव तीन हजार मत भएको मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ