ललितपुर १ मा नवराज सिलवालको अग्रता,उदयशमसेर जबराले पछ्याउँदै

ललितपुर १ मा नवराज सिलवालको अग्रता,उदयशमसेर जबराले पछ्याउँदै

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२२ मंसिर, ललितपुर । ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । उनलाई कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मतसहित अगाडि छन् भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् ।

नेपाल प्रहरीको आइजिपी बन्न नपाएपछि डिआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश लगत्तै टिकट दिइएको थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको भन्दै जनताको मतबाट बदला लिने उनले बताउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ