काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु,रोचक बन्दै मतगणना

काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु,रोचक बन्दै मतगणना

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

२२ मंसिर, काठमाडौं । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गरिएको हो ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ को राष्ट्रिय सभागृह ५ र ७ को नयाँ बानेश्वरको सहकारी तालिम केन्द्र ९ र १० को अन्तराष्ट्रिय सम्मेदन केन्द्र ६ नम्बरको जिविस भवन बबरमहल र ८ को वन परिसर बबरमहलमा सुरु भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

क्षेत्रनम्बर २ मा एमाले नेता माधव नेपाल, कांग्रेसका दीपक कुइँकेल र विवेकशील साझा पार्टीका सुर्यराज आचार्य उम्मेदवार छन् ।

क्षेत्रनम्बर ३ मा कांग्रेसकी अम्बिका बस्नेत र एमालेका कृष्ण राई तथा क्षेत्रनम्बर ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

यसैगरी क्षेत्रनम्बर ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका डा. प्रकाशशरण महत र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् ।

यसैगरी क्षेत्रनम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

क्षेत्रनम्बर ७ मा एमालेका रामबिर मानन्धर र कांग्रेसको पनि समर्थनमा राप्रपाका विक्रमबहादुर थापा उम्मेदवार छन् ।

क्षेत्रनम्बर ८ मा कांग्रेसका जिवनराम श्रेष्ठ र नविन्द्रराज जोशी क्षेत्रनम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रञ्जित प्रतिस्पर्धामा छन् ।

यसैगरी क्षेत्रनम्बर १० मा कांग्रेसका राजन केसी र वाम गठबन्धनबाट माओवादीका हितमान शाक्य उम्मेदवार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ