भोजपुरको प्रदेश ‘ख’मा राईको दोब्बर मतान्तरका साथ सुरुवाती अग्रता

भोजपुरको प्रदेश ‘ख’मा राईको दोब्बर मतान्तरका साथ सुरुवाती अग्रता

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२१ मंसिर, भोजपुर । भोजपुर प्रदेश ख मा वाम गठबन्धन्तर्फका नेकपा एमालेका उम्मेदवार पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले झण्डै दोब्बर मतान्तरका साथ सुरुवाती अग्रता लिइरहेका छन् ।

सदरमुकामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालय, भोजपुर अदालतमा साढे ५ बजेदेखि भइरहेको मतगणनामा अहिलेसम्म शेरधन राईले १ हजार ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले ५ सय ९८ मत प्राप्त गरेका छन् । प्रदेश ख मा हालसम्म ४ वटा मतदान केन्द्रको मतगणना सकिएको छ ।

त्यस्तै प्रदेश क मा एमालेका राजेन्द्रकुमार राई २५ मतले अगाडि छन् । यहाँ राईले ३ सय ७२ मत र संघीय समाजवादी फोरमका अजम्बर काङ्गमाङ्गले ३ सय ४९ मत प्राप्त गरेका छन् ।

उता भोजपुरको प्रतिनिधिसभामा भने लोकतान्त्रिक गठबन्धनले शुरुवाती अग्रता लिएको छ । यहाँ नेपाली कांग्रेसका उमेशजंग रायामाझीले ७१९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका सुदन किरातीको ६६३ मत छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी