गोरखा २ मा नारायणकाजीलाई सुरुवाती अग्रता,यस्ताे छ पछिल्लाे मतगणना

गोरखा २ मा नारायणकाजीलाई सुरुवाती अग्रता,यस्ताे छ पछिल्लाे मतगणना

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

२१ मंसिर, गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको एक गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

साँझ ८ बजे सार्वजनिक गरिएको पहिलो मत अपडेट अनुसार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अग्रता कायम गरेका छन् ।

अहिलेसम्म ३१३ मत गणना हुँदा श्रेष्ठले १६५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले १३२ मत ल्याएका छन् ।

मंसिर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज साँझ ५ बजेबाट सुरु भएको थियो ।

यता गोरखा क्षेत्र नम्बर १ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि अधिकारीले अग्रता लिएका छन् । ८०३ मत गन्दा उनले ३५१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले ३३० मत पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ