प्रधानमन्त्री सहितका शीर्ष नेताहरु कसले कहाँबाट मतदान गरे ?(फोटो फिचर)

प्रधानमन्त्री सहितका शीर्ष नेताहरु कसले कहाँबाट मतदान गरे ?(फोटो फिचर)

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाण्डौ , २१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असीग्राम माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । एउटा मात्र निर्वाचन क्षेत्र डडेल्धुराबाट देउवा आफै उम्मेदवार हुनुहुन्छ ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका पुर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मतदान गर्ने तयारी गर्नुभएको छ ।

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार भए पनि भक्तपुरबाट भोट हाल्ने भएकाले अध्यक्ष ओलीले आफैलाई भने भोट हाल्न पाउनु हुने छैन ।

यस्तै, चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १४ को शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै, इलाम क्षेत्र नम्बर १ का उम्मेदवार पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामकै सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै कंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनँहुको व्यास नगरपालिका वडा नम्बर २ को सत्यवती माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेता पौडेल तनँहु क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार पूर्व सभामुख सुभास नेम्वाङले इलाम सदरमुकामको बालमन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

पूर्व उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यता, नवलपरासीबाट उम्मेदवारी दिएका कंग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले काठमाडौ महानगरपालिका वडा नम्बर ३ को महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रबाट मतदान गर्नुभएको छ ।


दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापिठ मतदान केन्द्रमा पहिलो मतदान गर्दै नेकपा एमालेका नेता शंकर पोखरेल ।

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबारको निर्वाचनमा काठमाडौँ नेपाल युवक मावि पकनाजोलबाट मतदान गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंंह ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावल बिहीबार भएको निर्वाचनामा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्दै ।

नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र–३ का प्रतिनीधिसभाका उम्मेदवार तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार मतदान गर्दै ।

भक्तपुर क्षेत्र–१ दरबारक्षेत्रस्थित विद्यार्थी निकेतन मतदान स्थलको क केन्द्रमा मतदान गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र–१ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले हेटौंडा ५ बैशगोपाल मावि मतदान केन्द्रबाट भोट खसाल्दै ।

मोरङ क्षेत्र–६ का वाम गठवन्धनका उम्मेदवार लालवावु पण्डितले बिहीबारको निर्वाचनमा विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गर्दै ।तस्बिर : रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी