निर्वाचन पछिको सरकार काग्रेस नेतृत्वमा नै बन्छ : देउवा

निर्वाचन पछिको सरकार काग्रेस नेतृत्वमा नै बन्छ : देउवा

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, २१ मंसिर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन पछि अबको सरकार कांग्रेसले बनाउने र सम्पूर्ण समस्या समाधानको जिम्मा लिने बताउनु भएको छ ।

डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा पुगेर मतदान गरिसकेपछि प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गर्नुभयो ।
समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले मतदाताहरुलाई निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह पनि गर्नुभएको छ ।

उहाँले प्रदेशका राजधानी पनि चाँडै तोकिने बताउनु भयो । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहनुभएका देउवाले सोहि मतदान केन्द्रबाट छैटौंपटक मतदान गर्नुभएको छ । मतदान लगत्तै उहाँ आजै बिहान काठमाण्डौ फर्किसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ