अपडेट:सर्लाहीको फुलपरासी बुथमा झडप , प्रहरीले गोली चलायो : एक महिलाको अवस्था चिन्ताजनक

अपडेट:सर्लाहीको फुलपरासी बुथमा झडप , प्रहरीले गोली चलायो : एक महिलाको अवस्था चिन्ताजनक

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

२१ मंसिर,सर्लाही । सर्लाही जिल्लाको एक मतदान केन्द्रमा गोली चलेको छ ।
सर्लाहीको कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।
काँग्रेस कार्यकर्ताको आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् ।
घाइतेमध्ये कौडेना–३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।
प्रहरीका अनुसार भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो ।
कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर गरेको छ ।
झडपछि केही समय मतदान स्थगित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ