बुथ कब्जाको प्रयासमा एमाले-माकेका कार्यकर्ता, बागीको प्रतिरोध जारी

बुथ कब्जाको प्रयासमा एमाले-माकेका कार्यकर्ता, बागीको प्रतिरोध जारी

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

२१ मंसिर,सल्यान । जिल्लामा नेकपा एमाले-माओवादी केन्द्रका कार्यकर्ताले मतदान सुरुभएसँगै बुथ कब्जाको प्रयास गरेका छन् ।

बागचौर नगरपालिकाको शिशु जागर मावि खोरबारे मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुले बुथ कब्जाको प्रयास गरिरहेका छन् ।

सल्यानको प्रदेस सभा (क) अन्तरगतको उक्त मतदान केन्द्रमा मतदान सुरुसँगै एमाले र प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर बस्नेत पक्षले बुथ कब्जा गर्न खोजेको माओवादी केन्द्र सल्यानले बताएको छ ।

बागचौर नगरपालिकामा बुधबार साँझ भएको बम विस्फोटलाई लिएर बस्नेत र माओवादी केन्द्र सल्यानका कार्यकर्ताबीच झडप भएको थियो । नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बागी उम्मेदवार भीम प्रकाश शर्मा समर्थकले बम विस्फोट गराएको आरोप लगाउँदै प्रहरीलाई खबर गरेपछि विवाद सुरु भएको थियो ।

मेयर बुढाथोकीले बाहिरबाट गुण्डाहरु ल्याएर आफूहरुमाथि आक्रमण गर्न लगाएको बागी उम्मेदवार शर्मा पक्षधर नेताहरुले बताएका छन् । मेयरकै नेतृत्वमा शर्माको घरमा ढुंगामुडा समेत गरिएको बताइएको छ ।

प्रहरी प्रशासनले पनि उनीहरुका सबै गतिविधिलाई छुट दिएको शर्मा पक्ष नेताहरुको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ