प्रकाशमान सिंह भन्छन्- मेरो प्रतिस्पर्धीको ‘रियल ग्राउण्ड’ कमजोर छ

प्रकाशमान सिंह भन्छन्- मेरो प्रतिस्पर्धीको ‘रियल ग्राउण्ड’ कमजोर छ

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अरु उम्मेदवारहरु कमजोर रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले चुनावमा आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरे ।

‘मेरो प्रतिद्वन्द्वीभन्दा म धेरै अगाडि छु । मिडियाले प्रतिस्पर्धी भनिएका उम्मेदवार रियल ग्राउण्डमा कमजोर छन्,’ उनले भने, ‘पहिलो संंविधानसभामा भन्दा दोस्रोमा धेरै मत ल्याएको थिएँ । अहिले अझ धेरै मत ल्याउँछु ।’

नेता सिंहले आफूलाई भोट हाल्न भने पाएनन् । उनी काठमाडौं क्षेत्रनम्बर १ का उम्मेदवार हुन् तर, काठमाडौं क्षेत्रनम्बर ७ को पकनाजोलस्थित युवक जनता माविबाट मतदान गरेका छन् ।

काठमाडौं क्षेत्रनम्बर १ मा वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशिल पार्टीबाट रविन्द्र मिश्र प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ